राहदानी विभागले ‘सिस्टम’मा समस्या

२ ० ७ ९ पुष १ ९ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं : राहदानी विभागले ‘सिस्टम’मा समस्या देखिएको भन्दै विभागका सबै सेवा अनिश्चितकालका लागि स्थागित गरेको  छ । विभागले एक सूचना जारी गर्दै सेवा रोकिएकाले विभागमा नआउन सेवाग्राहीलाई अनुरोध गरेको छ । विभागको सिस्टममा समस्या देखिएसँगै आवेदनको अवस्था हेर्ने र वितरण गर्ने सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता दुरपदा सापकोटाद्वारी जारी सूचनामा उल्लेख छ । 

 आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी वितरणमा सेवाग्राहीलार्य लाइन लगाएर दुःख नदिन भन्दै निर्देशन दिएका थिए । उनले सेवाग्राहीले लाइन बस्नुपर्ने अवस्था देखिए जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।