तपाई ग्वार्को को बाटो भएर सवारी साधन चलाई रहनु भएको छ ?

२ ० ७ ९ मंसिर २ २ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण हुन लागेकाले मिति २०७९।०८।२३ गते बिहान ०६:०० बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई Fast Track बाट चलाइने छ । कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ । 

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे   सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई Fast Track बाट संचालन गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिएको छ .