चुनावपछि सेयर बजार बढ्छ भनेर गरेको आश निराशमै परिवर्तन

२ ० ७ ९ मंसिर ७ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया


रुषा थापा
चुनावपछि सेयर बजार त खुल्यो तर खुलेको पहिलो दिनमै बजार घट्यो वा सेयरको मूल्य बढेन । धेरै सर्वसाधारण जनताले सोचेका थिए, चुनापछि सेयरको मूल्य बढ्छ तर यो पूरा हुन सकेन । चुनावपछिको पहिलो दिनकै सेयर कारोबार हेर्दा अब सेयरको मूल्य बढ्छ भनेर जनतालाई आश छैन । साथै चुनावपछि कुनै पनि राजनितिक दलको बहुमत सरकार पनि आउँदैन ।
त्यसैले पनि अहिले बजारमा सेयरको मूल्य घट्छ भनेर चर्चा चलेको छ । सेयरमा लगानी गर्नेहरुलाई अहिले अब झन् कतै सेयरको मूल्य त घट्दैन भनेर बसिटिक्नु छैन । ५४ लाख जनताले खर्र्बो लगानी सेयरमा गरेका छन् तर यत्रो रकम आज डुब्ने अवस्थामा पुगेको छ । चुनावपछि जनताले समेत भन्न थालिसकेका  छन्, अब देशमा आर्थिक संकट निम्तिन्छ र मानिससँग पैसा हुदैँन ।
यता बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर सेयरमा लगानी गर्नेहरु अहिले वित्तिय संस्थाको कित्ता वा चर्को ब्याज तिर्न नसकेर डुबिरहेका छन् । बजारमा सेयरको मूल्य बढ्ला र सेयर बेचेर वित्तिय संस्थाको ऋण तिरौँला भनेर बसेकाहरु पनि अहिले निराश भएका छन् । अब आशैँआशमा जीवन र पिरैपिरमा ज्यान जाने अवस्थामा यिनीहरु पुगेका छन् ।
मनिसहरुले दशैँतिहारपछि सेयरको मूल्य बढ्छ भने तर बढेन र फेरि चुनावपछि सेयरको मूल्य बढ्छ भने तर पनि बढेन । बजारमा तत्काल नै सेयरको मूल्य बढ्छ जस्तो अवस्था अहिले देखिएको छैन । त्यसैले, अहिले वित्तिय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्नेहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् ।
बैंक तथा वित्तिय संस्था भन्छ, कि त कित्ता तिर होइन भने सेयर धितो राखेर लिएको कर्जा चुक्ता गर । तर सेयर बेचौँ त बिक्री हुदैँन, वित्तिय संस्थाको ऋण तिरौँ त पैसा छैन ।   कति सेयरमा लगानी गर्ने व्यवसायी वा लगानीकर्ताहरु त व्यवसाय नै छोडेर चुनावमा भाग लिए त कति सेयरमा लगानी गर्ने व्यवसाय डुबेर भागिसके ।
अहिले त म सेयरमा काम गर्छु वा मैलेँ सेयरमा लगानी गरेको छु भनेपछि साथीभाइ र आफन्तजनले समेत ऋण दिदैँनन् र ऋण नमागेपनि माग्छ भनेर नजिक नै पर्दैनन् । पछिल्लो समय सेयरमा काम गर्छु वा लगानी गरेको र्छु भन्नेबित्तिकै मानिसहरुले यो मान्छे डुबेको छ भनेर पत्ता लगाउँछन् ।
सेयरकै कारण कति लोग्नेस्वास्नीको त पछिल्लो समय सम्बन्ध विच्छेद समेत भएको छ र घरपरिवार नाजुक भएको छ । हिजो नाफा हुन्छ भनेर वित्तिय संस्थाबाट ऋण लिएर सेयरमा लगानी गरियो तर अहिले सेयरको मूल्य घटेपनि वा डुबेपनि वित्तिय संस्थाको ऋण नतिरी सुखै पाइएन । वित्तिय संस्थाहरुले पनि सेयर धितो राखेर ऋण खानेहरुको दिनैपछिे पत्रपत्रिकामा फोटो निकालिरहेको छ , कालोसूचीमा राखिरहेको छ र घरको ग्रेटमा चिठी टाँसिरहेको छ ।
कति मानिसहरुले त डेढ वर्षअघि ५ लाख हालेर किनेको सेयर अहिले पैसाको खाँचो परेर ५० हजारमा बेचेको भनेर पनि भन्छन् । त्यस्तै, कतिले आफ्नो भएको सम्पूर्ण पैसा नाफा हुन्छ भनेर सेयरमा लगानी गरेको तर बालबच्चाको फ्रिस वा कोठा भाडाहरु तिर्न नसकेर सस्तोमा त्यो सेयर बेचेको भनेर पनि भन्छन् ।
यता कतिले त साथीभाइ वा आफन्तजनहरुसँग सरसापटी लिएर सेयर किनेका हुन्छन् तर अहिले सेयरको मूल्य घटेको छ वा म डुबेको छु भनेर त त्यो ऋण चुक्ता हुदैँन नि त । सेयरको मूल्य आज बढ्ला , भोलि बढ्ला भन्दाभन्दै दिन कटेको छ तर सेयरमा लगानी गर्नेहरु आज र भोलि गर्दागर्दै झन्झन् डुबिरहेका छन् ।
सेयर लगानीकर्ताहरुको त अहिले रातको निन्द्रा र दिनको भोक सबै मेटिसकेको छ । तर वित्तिय संस्थाले त तेरो सेयरको मूल्य घट्यो वा तँ डुबिस् भनेर लिएको ऋण त माफ गर्दैन नि त । कति मानिसहरुले आफुले जीवनभर कमाएको पैसा वा आफ्नो चलअचल सम्पत्ति बेचेर नाफा हुन्छ भनेर सेयरमा लागनी गरे । तर अहिले सेयरको मूल्य घटेपछि त्यो घरजग्गा बेचेर वा जागिर खाएर कमाएको पैसा सबै डुब्यो ।
यसरी सेयरको मूल्य घटेर मानिसहरु डुब्नुमा पनि केही कारण रहेका छन् । एक त सेयर दलालीहरुले सिधासाधी मानिसलाई सेयरमा यति र उति नाफा हुन्छ भन्दै लगानी गर्न लगाए त अर्का सर्वसाधारणहरुले पनि बुझ्रदैनबुझी अरुको लौँलौँमा लागेर सेयर किने । साथै पछिल्लो समय सेयरमा पनि राजनिति छिप्यो ।
सेयरमा लगानी गर्ने लगानीकर्ता कुनै कांग्रेस त कुनै एमाले , कुनै माओवादी त कुनै राप्रपा  । यता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल वा प्रचण्डले सेयरमा लागनी गर्नु भनेको बालुवामा पानी हाल्नु बराबर हो भनेर भने त यता एमालेका अध्यक्ष केपी ओलीले सेयरमा लगानी गर्नु भनेको जुँवातास खेल्नु हो भनेर भने । त्यस्तै, भुपु अर्थमन्त्री युवराज खतिवडाले त झनै सेयरमा लगानी नगर्नुस् , यसले गर्दा जुनसुकै समयमा पनि डुब्न सकिन्छ भनेर भनेका थिए ।
आफ्रनै पैसा हुनेलाई त कित्ताको ४ हजारमा किनेको सेयर सय रुपैँयामा आएपनि त्यति मतलब भएन तर वित्तिय संस्थाबाट ऋण लिएर सेयरमा लगानी गर्नेहरु त नराम्ररी डुबे । बुढापाकाले भन्थे, आफुलाई थाहा नभएको कुरामा अरुको लौँलौँमा लागेर ऋण लिएर लगानी गर्नुहुदैँन । अहिले सेयरमा लगानी गर्ने ५४ लाख लगानीकर्तामध्ये ९५ लाख जनताले सेयर धितो राखेर वित्तिय संस्थाबाट ऋण लिएका छन् ।
तर अहिले यो ऋण न उनीहरुले तिर्न नै सकेका छन् न त्यो सेयर बेच्न नै सकेका छन् । अहिले वित्तिय संस्थाबाट सेयर धितो राखेर ऋण लिनेहरु त डुबि नै हाले तर सेयर धितो राखेर कर्जा प्रवाह गर्ने वित्तिय संस्था पनि डुब्ने अवस्थामा पुगेको छ । साथै अहिले जनताले आफ्नो पैसा निकाल्छन् भनेर वित्तिय संस्थाहरु हामीले घरजग्गा र सेयरमा लगानी गरेका छैनौँ भनेर भन्छन् ।
तर यस्तो झुठो बोल्नुपर्ने अवस्था कसरी आयो । किनभन्दा बजारमा मन्दी आयो, घरजग्गा र सेयरको मूल्य घट्यो । त्यसैले पनि वित्तिय संस्थाहरु हामीले घरजग्गा र सेयरमा लगानी गरेका छैनौँ भन्छन् । कुनै दिन घरजग्गा र सेयर भन्नेबित्तिकै वित्तिय संस्थाले तुरुन्तै कर्जा प्रवाह गर्दथ्यो तर अहिले त घरजग्गा र सेयर दुवैलाई वित्तिय संस्थाले कर्जा प्रवाह गर्दैन ।
पहिलापहिला घरजग्गा र सेयर भन्नेबित्तिकै कर्जा प्रवाह गर्ने वित्तिय संस्थहरु अहिले घरजग्गा र सेयर भन्नेबित्तिकै हामीले यसको लागि कर्जा प्रवाह गर्दैनौँ भनेर भन्छन् । वित्तिय संस्थाले पनि बजार अनुगमन गर्छन् र केसको मूल्य बढेको छ वा घटेको छ भनेर बुझ्रछन् ।
वित्तिय संस्था भनेको छिटो नाफा कमाउन बसेको पैसाको व्यापारी हो र कुन क्षेत्रमा लगानी गर्दा आफुलाई फाइदा हुन्छ भनेर मात्र उसले कर्जा प्रवाह गर्छ । वित्तिय संस्थाले सेयरको मूल्य बढेको छ वा घटेको छ र कुन ठाउँमा घरजग्गाको मूल्य कति छ भनेर दिनहुँ जस्तो बुझ्रछ । तर अहिले वित्तिय संस्थाहरुले पनि सेयरको मूल्य घटेको छ वा सेयर लगानीकर्ता डुबेका छन् भनेर थाहा पाएका छन् र घरजग्गामा मन्दी आएको छ भनेर जानकारी लिइसकेका छन् ।
कति वित्तिय संस्थाका कर्मचारीहरु त घरजग्गाको कारोबार कस्तो भइरहेको छ भनेर बुझ्रन मालपोत कार्यालयमा जान्छन् र त्यँही अनुरुप कर्जा प्रवाह गर्छन् । तर नाम चलेका बैंक तथा सहकारीहरु पनि आज घरजग्गा तथा सेयरमा लगानी गर्दा डुब्ने अवस्थामा पुगेका छन् ।
वित्तिय संस्थाहरुले हिजो घुस, सेवाशुल्क वा चर्को ब्याज लिई आँखा चिम्लेर घरजग्गा तथा सेयरमा लगानी गप्यो तर अहिले उनीहरु नै डुब्ने वा भाग्ने अवस्थामा पुग्यो । घरजग्गामा लगानी गर्ने वा प्लानिङ् गर्ने व्यापारीहरु त डुबिसकेका छन् भने दलालीहरु भागिसकेका छन् ।
त्यस्तै, यता हिजो सेयरमा लगानी गर्ने लगानीकर्ताहरु सेयरको मूल्य बढाउन अनसन बसे र आन्दोलन गरे तर सेयरको मूल्य बढेन झन्झन् घट्दै गयो । अब पनि बजारमा सेयरको मूल्य बढ्छ जस्तो देखिदैँन । यसपालिको मसिंर ४ गतेको चुनावमा कति राजनिति दलहरुले हारे त केही स्वतन्त्रहरुले जिते ।
अब बन्ने सरकार सबै पार्टी मिलेर बन्ने छ र त्यो सरकारले देशको आर्थिक तरलता कम गर्न सक्दैँन । जसले गर्दा सरकार विदेशी ऋणमा फस्दैँ जान्छ वा विदेशीसँग ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउँछ , साथै देशमा विकास गर्न पैसा नै हुदैँन । त्यस्तै, सरकारी खर्च दिनप्रति बढ्दै जान्छ , जनताले तिरेको करले मात्र सरकारी खर्च धान्न सकिदैँन र महंगी बढ्छ । तर यस्तो अवस्थामा कसले घरजग्गा र सेयरमा लगानी गर्छ ।
साथै यता वित्तिय संस्थाले पनि कर्जा प्रवाह गर्दैन र जनताले पनि वित्तिय संस्थामा पैसा राख्दैँन । विश्वास गुमेका कारण वा पछिल्लो समय सहकारीहरु भागेका कारण पनि जनता वित्तिय संस्थामा पैसा राख्न चाहादैँनन् । जो मानिससँग सेयर छ तर पैसा छैन त्यो मानिसले सस्तोमा सेयर बेच्छ र काम चलाउँछ । त्यस्तै जो मानिससँग घरजग्गा छ उसले त्यो सस्तोमा बेचेर आफ्नो समस्या समाधान गर्छ ।
उनीहरुसँग त हिजो महंगोमा किनेको र आज महंगोमा बेच्छु भनेर पर्खिने समय हुदैँन नि त  । अहिले जताततै सेयर बेच्नेहरु यत्तिकै छन् तर किन्ने कोही छैनन् । यसरी घरजग्गा र सेयरको बजार घट्दा वा मन्दी आउँदा मानिसहरु पनि नराम्ररी डुबे । तर अब यसको हल के छ त ।
अहिले त सबै मानिसहरु भन्छन्, हामी सरकारकै कारण डुब्यौँ तर सरकारले त जनतालाई महंगोमा घरजग्गा र सेयर किन्नुस् भनेर भनेको थिएन नि त । सरकारले न घरजग्गाको मूल्य बढाउँछ न सेयरको । घरजग्गा र सेयर सबैको मूल्य बढाउने भनेकै दलाली तथा व्यापारी हुन् तर हिजो यीनीहरुले आफु धनी बन्नका लागि सर्वसाधारणलाई फसाए ।
उनीहरुले त महंगोमा घरजग्गा र सेयर बेचे तर त्यो महंगोमा किन्ने मानिस भने अहिले सस्तोमा डुबे । जनताले पनि अरुको लौँलौँमा लागेर आफुखुशी जताततै लगानी गर्दा पनि यो अवस्था आएको हो । सर्वसाधारणहरु बसिबसि पैसा कमाउन पाइन्छ वा छिटै धनी हुन पाइन्छ भनेर आफुखुशी घरजग्गा र सेयरमा लगानी गरे तर अहिले आएर सरकारलाई नै यसको दोष दिए ।
दलाली तथा व्यापारीहरु कै कारण अहिले घरजग्गा र सेयर कारोबार ठप्प भएको हो । डेढ वर्षअघिसम्म सेयर बेच्दा करोड आउँछ भन्नेहरु अहिले त्यँही सेयर बेच्दा १० लाख आउँछ भन्दै बिहानै भट्टी पसल पुग्छन् । त्यस्तै, एकडेढ वर्षअघि आनाको ५० देखि ६० लाखमा किनेको जग्गा अहिले बेच्छुभन्दा मूल्य नै छैन भन्दै डुबेको बताउँछन् ।
ऋण लिएर घरजग्गा र सेयरमा लगानी गर्नेहरुको अहिले घरायसी सम्बन्ध नै बिग्रेको छ र धेरै जनताको घरमा रुवाँबासी भइरहेको छ । चुक्टा खान गएकी बुढी झोलमै डुबेर मरि भनेर बुढापाकाले ऊखान भन्थे तर अहिले त यो व्यवहारमै लागू भएको छ । त्यसैले अब हामी पनि अरुको लौँलौँमा लागेर घरजग्गा र सेयरमा लगानी नगरौँ र समयमै सर्तक रहौँ ।