सन्दीपले उत्कृष्ट प्रदर्शन गरेको खेलमा जमैका पराजित

२ ० ७ ७ ज्येठ १ ५ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले लगातार दोस्रो हार व्यहोरेको छ ।

सन्दीपसहित मुजिर उर रहेमान र कार्लोस ब्रेथवेइटको उत्कृष्ट बलिङ अनि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपनि जमैका गायना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।

उत्कृष्ट बलिङ गर्दै गायनलाई ११८ रनमा रोकेको जमैकाले रसेलको अर्धशतकका बाबजुत पनि सामान्य लक्ष्य पूरा गर्न सकेन ।

जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । रसेलले ३७ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै  कप्तान रोभमन पावेलले २३ र असिफ अलीले १४ रन बनाए ।

गायनाका कप्तान क्रिस ग्रीनले ३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गायाना ५ बल अगावै १८ रनमा अलआउट भएको थियो । गायनाको लागि ओपनर ब्राण्डन किंगले २९ रन बनाए । यस्तै चन्द्रपउल हेमराज र निकोलस पुरनले समान २१ रन जोडे ।

जमैकाका लागि मुजिव र ब्रेथवेइटले ३–३ विकेट लिए भने सन्दीपले किफायती बलिङ गर्दै २ विकेट लिए ।

मुजिवल ४ ओभरमा १८ रन खर्चिँदा ब्रेथवेइटले ३.१ ओभर बलिङ गर्दै १४ रन खर्चे ।

यस्तै विदेशी लिगमा उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिए । यो सन्दीपले अहिलेसम्म खेलेको विदेशी लिगहरुमा सबैभन्दा किफायती बलिङ हो ।

यस सिजन लगातार दोस्रो हार व्यहोरेको जमैका ३ खेलबाट २ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा छ । पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई पराजित गरेको जमैका दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग पराजित भएको थियो ।

उता पहिलो खेल हारेको गायनाले भने लगातार दोस्रो जित हात पार्दै ३ खेलबाट ४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ ।

यस्तै शनिबार भएको खेलमा जुक्सले लगातार दोस्रो जित हात पार्ने क्रममा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई १० रनले हरायो ।