डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न

२ ० ८ ० असार ३ गते, आइतबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं :-  फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई  असार १ गते  शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धि वर्कशप कार्यशाला गोष्ठि सम्पन्न गरेको छ।

सो कार्यशालाका स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट श्री विवेक राणाज्यू हुनुहुन्थ्यो  । उहाँको कार्यपत्र प्रस्तुतिकरण अनुसार नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो । प्रथम सत्रमा डिजिटल बैंकिङ् ड्राइभर र डिजिटल इको सिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङ् सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण, तेस्रो सत्रमा  सेटिङ् अप डिजिटल बैकिङ् प्रस्तुतिकरण साथै डिजिटल बैकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो । सो एकदिने कार्यशाला बिहान ९ बजेदेखि दिउँसो ५:३० बजेसम्म सञ्चालन भएको थियो।
डिजिटल बैंकिङ रणनीति र अवसर बारे वृहत एकदिने सो डिजिटल बैंकिङ कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष श्री मिलन राज नेपालीले जानकारी दिनुभयो ।
नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।